News बिश्वासको दुई गोलसँगै खनाल ब्रदर्श फाइनलमा
गोलनेपाल

सुर्यनगर । स्टार खेलाडीहरुलाई भित्राएर मैदानमा उत्रिएको खनाल ब्रदर्श, रुपन्देही जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

महिला दिनमा खनालको यो लगातार दोस्रो फाइनल समेत हो । यसअघि फागुन ५ गते रुपन्देहीमा सम्पन्न सम्पन्न तेस्रो सैनामैना मेयर कपको उपाधि पनि खनालले जितेको थियो ।

मंगलबार बर्दघाट–१६ सुर्यनगर स्थित सुर्यनगर रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा खनालले सेन्ट्रल कलेज भरतपुर एफसीको चुनौति ३–१ ले पन्छाउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा शुरुवाती अग्रता भने भरतपुरले लिएको थियो । भरतपुरका लागि क्षितिजराज जिटीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर उत्कृष्ट पूनःरागमन गरेको खनालका लागि विश्वास श्रेष्ठले दुई गोल गरे भने सुमन लामाले थप एक गोल गरे ।

खेलको म्यान अफ द म्याच खनालका लागि दुई गोल गरेका विश्वास श्रेष्ठ चुनिए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन १९ गते बुधबारको दोस्रो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, रुपन्देही र लेखनाथ युनाइटेड, कास्कीबीच हुनेछ ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments