News सलहेश र मुन्डियल उपाधिका लागि भिड्ने
गोलनेपाल

सिरहा । घरेलु टोली सलहेश युवा क्लब, सिरहा र एफसी मुन्डियल,हेटौडा जारी सिरहा मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि भिडने भएका छन् ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सलहेशले सेन्ट्रल कलेज भरतपुर एफसी, चितवनको चुनौति २–० ले पन्छाउँदै मुन्डियलसँगको फाइनल भेट पक्का गरेको हो ।

सलहेशको जितमा विदेशी खेलाडीद्वय लुइस भिडाल र फोडे फोफोनाले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच भने सलहेशका कप्तान जनक कार्की घोषित भए ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गते शनिबारका दिन हुनेछ ।

Post Comments