
गोलनेपाल डटकमले चलाएको अभियानबाट संकलित आर्थिक रकम मृगौला रोगबाट पिडीत फुटबलर जिवन चौधरीकी श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।
नेपाली फुटबलमा विशेष पहिचान बनाएको गोलनेपालको देशविदेशमा रहेका शुभेच्छुक तथा समर्थकहरुबाट संकलित ७ लाख २३ हजार ५०५ रुपैया आर्थिक सहयोग चौधरी दम्पतीलाई उपलब्ध गराइएको हो ।
फुटबलर बर्तमान राई र गोलनेपालद्वारा संयुक्त रुपमा चलाइएकोसहयोग अभियानबाट संकलित रकम शनिबार इटहरी स्थित चौधरी दम्पतीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । कार्यक्रममा अन्य केही ए डिभिजन फुटबल खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।
चौधरी दम्पतीलाई सहयोग गर्ने सबै सहयोगीदाताहरुलाई गोलनेपाल फाउण्डेशनका अध्यक्ष तथा बिबा पब्लिकेशन्सका प्रमुख कार्यकारी बिक्रम थापाले धन्यवाद दिए । बिबा पब्लिेकेशन्स कै मातहतमा रहेर हाल गोलनेपाल र खेलदैनिक डटकम अनलाई खेल वेबसाईट नेपाली खेलकुद क्षेत्रमा सक्रिय छ ।
त्यस्तै सो सहयोग अभियानमा सक्रिय भई लागेका फुटबलर बर्तमान राईले पनि सहयोगी मनहरुप्रति आभार तथा धन्यवाद प्रकट गरे ।
- गोलनेपालकर्मी बिक्रम बानियाँ खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित
- अन्नपुर्ण आरसिटीद्वारा गोलनेपालका सीईओ बिक्रम थापा सम्मानित
- अब फुटबलको अन्तर्राष्ट्रिय स्टेजमा बिबा मिडिया ग्रुप
- कमलालाई भोजपुर जिल्ला फुटबल संघको आर्थिक सहयोग
- क्यान्सरसँग जुध्दै महिला खेलाडी कमला, गोलनेपालद्वारा सहयोगको अपिल