
काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ हिरो आइ लिगतर्फ फेब्रुअरी महिनाको प्लेयर अफ द मन्थ घोषित भएका छन् । त्यस्तै किरन कै टोली राउण्डग्लास पञ्जाब एफसीका मुख्य प्रशिक्षक कर्टिस फ्लेमिङ कोच अफ द मन्थ चुनिएका छन् ।
यस सिजन लिगको शिर्ष ६ मा परेर च्याम्पियनसिप स्टेजका लागि समेत छनौट भएको पञ्जाबको प्रदर्शनमा किरनको भूमिका र प्रशिक्षक फ्लेमिङको ट्याक्टिसलाई पनि प्रशंसनीय मानिएको छ । फेब्रुअरी महिनामा पञ्जाब एफसीले केवल २ अंक मात्र गुमायो भने विपक्षीको २ गोल मात्र खायो ।
त्यस्तै आइ लिगको च्याम्पियनसिप स्टेजका म्याचहरु पनि शुरु भएका छन् । जहाँ पञ्जाबले खराब शुरुवात गर्दै शुक्रबार गोकुलम केरलासँग १–० को झिनो अन्तरको हार बेहोरेको छ । पञ्जाबले आफ्नो आगामी खेल १० मार्च बुधबारका दिन मोहम्मदन स्र्पोटिङ क्लबसँग खेल्नेछ ।
Congratulations to 𝐊𝐢𝐫𝐚𝐧 𝐋𝐢𝐦𝐛𝐮 & 𝐂𝐮𝐫𝐭𝐢𝐬 𝐅𝐥𝐞𝐦𝐢𝐧𝐠 - the February ℙ𝕝𝕒𝕪𝕖𝕣 & ℂ𝕠𝕒𝕔𝕙 𝕠𝕗 𝕥𝕙𝕖 𝕄𝕠𝕟𝕥𝕙!@RGPunjabFC dropped only 2 points in Feb while conceding just 2 goals en route to a Top 6 berth 👏#LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/fkECqNP8so
— Hero I-League (@ILeagueOfficial) March 5, 2021