News राइजिङ–११ फाइनलमा प्रवेश
सुरज राना मगर

बुटवल । राइजिङ–११ बुटवल यहाँ जारी दोस्रो न्यु इरा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा बुद्धभुमि फुटबल एकेडेमीलाई ०–२ ले हराउँदै राइजिङले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा राइजिङका लागि अनुप गुरुङ र शरद क्षेत्रीले गोल गरे । खेलको म्यान अफ द म्याच पनि राइजिङ शरद क्षेत्री चुनिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने फागुन २३ गते आइतबार हुने खेल संयोजक सुनिल शाहीले बताए । दोस्रो सेमिफाइनलमा नव प्रतिभा युवा क्लब र सिमानगर एफसी आमने सामने हुने समेत संयोजक शाहीले बताए ।

नव युग युवा क्लब, सैनामैना–१, बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल तरामुले बताए । फाइनल खेल भने फागुन २५ गतेका दिन हुनेछ ।

Post Comments