News एम टुवेललाई बिटी कपको उपाधि
उमेश पुन

पोखरा । बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे विरेन स्मृति १४औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधि एम टुवेलले जितेको छ ।

पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा कमलपोखरी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पाराजित गर्दे एम टुवेलले उपाधि जितेको हो । एम टुवेलको जीतमा म्यान अफ द म्याच बनेका मनिस क्षेत्री, अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले १–१ गोल गरे ।

विजेता बनेको एम टुवेलले उपाधिसहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्याे भने उपविजेता बनेको कमलपोखरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै एम टुवेलका मनिस क्षेत्रीले सर्बाेत्कृट खेलाडी बन्दै ट्रफी सहित नगद रु ५ हजार प्राप्त गरे । त्यस्तै विधागततर्फ सोही क्लबकै रोमन थापा मगरले उत्कृष्ट गोलरक्षकको पुरस्कार जिते ।

एम टुवेलकै मनोज गुरुङले उत्कृष्ट मिडफिल्डर, सरोज तामाङले उत्कृष्ट डिफेण्डर र आयोजक सेतोका सुनिल बिकले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गर्दै जनही नगद रु ३ हजार हात पारे ।

कुल ४२ टिमको सहभागिता रहेको प्रतियोगिताको अनुशासित टोली मालेपाटन एफसी चुनियो । त्यसबापत मालेपाटनले ट्रफीसहित नगद ७ हजार हात पार्यो ।

Post Comments