News फिफा रेफ्री राई सम्मानित
गोलनेपाल

सुनसरी । पूर्वबाट पहिलो महिला फिफा रेफ्री बन्न सफल भएकी अन्जना राईलाई आइतबार एक कार्यक्रमका बीच सुनसरी जिल्ला फुटबल रेफ्री संघले सम्मान गरेको छ ।

उदयपुरकी स्थानीय वासिन्दा राईलाई देश र पूर्वी फुटबलमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्र र दोसल्ला ओडाई सम्मानित गरिएको हो ।

सो अवसरमा रेफ्री संघका अध्यक्ष बलिदान राई, सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशब कार्कीलगायत उपस्थिति अन्य अतिथीहरुले पनि रेफ्री राईलाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्मानित भएपछि राईले खुशी व्यक्त गरिन् । यस्ता सम्मान र हौसलाले आफूलाई फुटबलमा अझै केही गर्न हौसला मिलेको बताईन् । राईले आफ्नो रेफ्री पेशाप्रति सन्तुष्ट र गर्व महशुस गरिरहेको बताउँदै उनले रेफ्रीकै भूमिका आफूलाई अझै अब्बल साबित गरेर देखाउन बाँकी रहेको बताईन् र त्यसका लागि आफू निरन्तर प्रयासरत र मिहिनेत गरिरहेको समेत स्पष्ट पारिन् ।

Post Comments