News रबिको चार गोलसँगै एपिएफ च्याम्पियन
गोलनेपाल

गोलबजार । रबि थिङ एक्लैले चार गोल गरेपछि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब रमपम चौथो गोलबजार मेयर कप फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

शुक्रबार गोलबजार स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा एपिएफले आयोजक गोलबजार प्रतिभा क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्यो ।

एपिएफको जितमा रबि थिङले चारै गोल गरे । उता पराजित आयोजकका लागि जय गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्यो भने आयोजक गोलबजार प्रतिभा क्लबले २ लाख ७५ हजारमा चित्त बुझायो ।

प्रदिप लामा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद २१ हजार हात पारे । आयोजक क्लबका कञ्चन लामा उदीयमान खेलाडी घोषित हुँदै नगद ३१ हजार प्राप्त गरे ।

गोलबजार प्रतिभा क्लबको आयोजना र गोलबजार नगरपालिकाको विशेष सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपिएफका लागि स्टार बनेका रबि थिङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

Post Comments