News
बगर अन्तराष्ट्रिय भेट्रानको उपाधी मिया सान मियालाई

बगर भाइखलकको आयोजनामा चएमने चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगिताको उपाधी मिया सान मियाले हात पारेको छ । डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी चुमेको हो ।
शनिवार भएको फाइनल खेलमा सहजै हराउँदै उपाधी हात पार्दै मिया सान मियाले नगद १ लाख ११ हजार १ सय ११ रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको टि वर्गरले नगद ५५ हजार ५ सय ५५ रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी टि वर्गरका नरेन्द्र लिम्बु घोषित भए । उनले नगद १० हजार रुपँयाको साथमा ट्रफि हात पारे । उत्कृष्ट गोलरक्षक मिया सान मियाका संजिव खड्की घोषित भए, उत्कृष्ट डिफेन्डर टि वर्गरका नरेश थापा, उत्कृष्ट मिड फिल्डर मिया सान मियाका राजेश खड्की र उत्कृष्ट फरवार्ड मिया सान मियाका नविन पाण्डे घोषित भए । उनीहरुले समान ५–५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीले पाएको रकम भने सहयोग गरेका छन् । विजेता मिया सान मियाले आफ्ना खेलाडी नविन न्यौपानेका आमाको उपचारका लागि सहयोग गरे । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका नविनको आमा क्यान्सर पिडित हुन । यस्तै टि वर्गरले पनि पोखरामा रहेको संजिविनी दिदीबहिनी केन्द्र नेपाललाई सहयोग गरे ।

Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड