News सहज जितका साथ धरान–१६ सेमिफाइनलमा
गोलनेपाल

धरान। सहज जित हात पार्दै धरान–१६ जारी २१औं गोधुली टुबोर्ग फुटबल रनिङ कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

धरान रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर १६ ले वार्ड नम्बर १५ लाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

वार्ड नम्बर १६ को जितमा मन्दिप बस्नेतले ४७औं मिनटमा पहिलो गोल गरे । ७५औं मिनटमा लोकेन्द्र लिम्बुले त्यो अग्रता दोब्बर पारे भने ८१औं मिनटमा शैलेन्द्र नेपालले त्यो अग्रता तेब्बर बनाए ।

खेलमा एकपक्षीय जित निकालेको वार्ड नम्बर १६ का लागि खेलको अन्तिमतिर जमिन लिम्बुले चौथो गोल थप्दै टोलीको शानदार जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर १६ का मन्दिप बस्नेत घोषित भए । उनले पुरस्कार वापत नगद १५०० सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ८ र वार्ड नम्बर १९ बीच हुने आयोजकले जनाएको छ ।

गोधुली क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments