News अनन्त र रेजिन उत्कृष्ट, अन्जिलालाई पिपुल्स च्वाईस अवार्ड
गोलनेपाल

झापा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा, झापाले आयोजना गरेको स्पोर्टस् अवार्ड २०७६ तर्फ फुटबलका अनन्त तामाङ र रेजिन सुब्बाले आफ्नो विधामा उत्कृष्ट बन्दै अवार्ड जितेका छन् ।

अनन्तले पुरुषतर्फ बर्ष खेलाडीको अवार्ड जिते । त्यसवापत उनले एक थान मोटरसाइकल समेत हात पारे । यो अवार्ड जित्ने क्रममा अनन्तले फुटबल कै छिरिङ गुरुङ र सेसेहाङ आङदेम्बेलाई पछि पारे ।

यो अवार्डको महिलातर्फ भने उसुकी जुनु राई उत्कृष्ट बनिन् ।

रेजिन बने उत्कृष्ट युवा खेलाडी

त्यस्तै अवार्ड कार्यक्रममा फुटबल कै रेजिन सुब्बाले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए । रेजिनले त्यसबापत नगद २५ हजार हात पारे । रेजिनले यो अवार्ड जित्ने क्रममा कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठलाई पछि पारे ।

त्यस्तै पिपुल्स च्वाईस अवार्ड पनि फुटबल विधाले नै जित्न सफल भएको छ । यस बर्ष यो अवार्ड राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बाप्पोले जितिन् । त्यसवापत अन्जिलाले पनि गद २५ हजार प्राप्त गरेकी छिन् ।

यद्यपि अवार्ड कार्यक्रममा अन्जिला भने उपस्थित थिईनन् । हाल उनी पाकिस्तानको राष्ट्रिय महिला लिगमा माशा युनाइटेड एफसीका लागि व्यवसायीक फुटबल खेलिरहेकी छिन् ।

Post Comments