News मोरङ: प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता चैत्र ७ देखि
गोपाल काफ्ले

डाँगीहाट जागृती युवा क्लवको आयोजनामा चैत्र ७ देखि १४ गते सम्म प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

कालिका मावी डागिहाट बजारकाको खेलमैदानमा हुने प्रतियोगितामा १ नं. प्रदेशका ८ टिमको सहभागिता रहने आयोजक कमिटिले बताएको छ । प्रतियोगितामा विधागत पुरस्कार तर्फ बेष्ट कोच, बेष्ट फर्वड, राईजिङ प्लेयर, हाई स्कोर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर र म्या अफ द सिरिजले नगद ५ हजार प्रप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

मोरङको फुटवलका हस्तिहरु जन्माएको डाँगीहाट बजारमा विगत १५ बर्ष देखि फुटवल प्रतियोगिता हुन सकेको छैन ।

बैदेशिक रोजागारी गएका युवा, स्थानिय ब्यावसायी, नगरपालिका र बुद्ध एयरको सहयोगमा डाँगिहाट जागृति युवा क्लवले प्रतियोगिता सम्पन्न गर्ने भएको हो । प्रतियोगितामा गाईघाट फुटवल क्लव उदयपुर, डाडाबजार फुटवल क्लव धनकुटा, धरान सिटी फुटवल एकेडेमी धरान, आयोजक डाँगीहाट जागृती क्लव रातो, पथरी स्पोटिङ क्लव मोरङ, आयोजक डाँगीहाट जागृती क्लव निलो, बदर्श युनाइटेड फुटवल क्लव झापा र उर्लाबारी फुटवल क्लव मोरङबाट राष्ट्रिय स्तरका खेलाडीले खेल खेल्ने छन ।

प्रतियोगिताको सम्पुण तयारी पुरा भइसकेको आयोजकले बताएका छन । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

Post Comments