
नयाँबस्ती । थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ र अभिषेक चर्च, रजहर भिड्दै छन् ।
सेमिफाइनल यात्रा तय गर्ने क्रममा गैंडाखोलाले प्रिक्वाटरफाइनलमा जु एफसीलाई हराएको थियो भने क्वाटरफाइनलमा दावेदार मानिएको सेन्ट्रल कलेज भरतपुर एफसीलाई निराश तुल्याएको थियो ।
त्यस्तै उता अभिषेक चर्चले पनि प्रिक्वाटरफाइनलमा बसन्तपुर युनाइटेडलाई हराएको थियो भने क्वाटरफाइनलमा आरआरएफसी, मकवानपुरलाई हराउँदै उत्साहित बनेको थियो ।
आज हुने सेमिफाइनल भिडन्त दुवै टोलीका लागि महत्वूर्ण छन् । र दुवै टोलीले राम्रा खेलाडीहरुलाई मैदानमा उतार्ने अनुमान समेत गरिएको छ ।
खेल दिनको ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । साथै खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकममा लाईभ पनि हुनेछ ।
युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत ७ गतेका दिन हुनेछ ।