बुटवल । मंगलापुर गाईज र न्यु हिमालयन एफसी यहाँ जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ मंगलापुर गाईजले सैनिक एफसीमाथि १–० को साँघुरो जित निकाल्यो । मंगलापुरको जितमा केशव दर्लामीले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै अर्को खेलमा न्यु हिमालयन एफसीले योङ स्टार एफसीलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगिता अन्तरगत चैत ९ गते सोमबार पनि दुई खेलहरु खेल संयोजक जिवन सुवेदीले बताए । जसअन्तरग धिम्रु समाजले झरना स्पोर्टस क्लबसँग खेल्नेछ भने रेसुङा एफसीले सोमई ब्रदर्श विरुद्ध उत्रिनेछ ।
डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने संयोजक सुबेदीले बताए । फाइनल खेल भने चैत १३ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने