News प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बर्दघाट । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा यहि चैत १० देखि १७ गतेसम्म हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको कुरा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो ।

बर्दघाट–४ स्थित क्याम्पाचौर खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका कुल ८ महिला फुटबल टोलीहरुले सहभागिता जनाउने खेल संयोजक भरत गुरुङले बताए । उनले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भइसकेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा चैत १० गते मंगलबारका दिन घरेलु टोली नवलपरासी–११ र माउन्टेन गल्र्स एफसी, गैंडाकोट भिड्ने समेत संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले बताए ।

नवलपरासी जिल्लामा राष्ट्रियस्तरकै महिला फुटबल प्रतियोगिता आयोजना गरेर स्थानीय महिला खेलाडीहरुको फुटबलसँगै क्षमता विकासमा बृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको समेत संयोजक गुरुङले बताए ।

खेलतालिका पनि हेर्नुहोस्ः

 

Post Comments