News झरना बन्यो च्याम्पियन
सुरज राना मगर

बुटवल । रुपन्देहीमा सम्पन्न स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्टस क्लबले जितेको छ ।

फाइनलमा सोमई ब्रदर्शलाई शून्यका विरुद्ध २ गोलले हराउँदै झरनाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा झरनाका लागि आकाश अस्लामी मगर र सिजन थापाले गोल गरे ।

विजेता बनेको झरनाले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता सोमई ब्रदर्शले ३० हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार क्रमशः झरनाका कुशल बिक र रोहित सुनारले हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सोमई ब्रदर्शका एलिस मगर चुनिए । विजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने, आयोजक डिएमसी क्लबका अध्यक्ष भानुभक्त थापा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments