News आर्मी फुटबल टोलीको विदाई, बैंगलुरुलाई हराउने दाउ
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रा राउण्डको म्याच खेल्न भारतको गोवा जाने त्रिभुवन आर्मी फुटबल क्लबको बिदाई गरिएको छ ।

आर्मी फुटबल टोलीलाई सेनाको मुख्यालयमा एक कार्यक्रमकाबीच विदाई गरिएको हो । आर्मीले यहि १४ अप्रिलका दिन चर्चित इण्डियन सुपर लिग क्लब बैंगलुरु एफसीसँग दोस्रो राउण्डको म्याच खेल्दैछ । जुन खेल गोवा स्थित जिएमसी एथलेटिक स्टेडियममा हुने तय भइसकेको छ ।

यद्यपि आर्मी भने केही दिन अघि नै गोवातर्फ प्रस्थान गर्न लागेको हो । स्मरण रहोस, आर्मीले यहि चेत्र २५ गतेका दिन दशरथ रंगशालामा भएको पहिलो राउण्डको खेलमा श्रीलंका पुलिस एससीलाई ५–१ ले हराउँदो दोस्रो राउण्डमा बैंगलुरुसँगको भेट पक्का गरेको थियो ।

आर्मीले बैंगलुरु विरुद्ध पनि जित हात पार्न सके साउथ एसिया जोनको प्ले अफ राउण्डका लागि छनौट हुनेछ । प्ले अफ राउण्डको म्याच भने २१ अप्रिलका दिन हुनेछ । जहाँ आर्मीले बंगलादेशको अवाहानी लिमिटेड, ढाका र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ ।

अवाहानी र इगल्स पनि बुधबार नै आमने सामने हुँदैछन् । प्ले अफ राउण्डमा पनि जित हात पार्न सके आर्मीले ऐतिहासिक रुपमै पहिलोपटक एएफसी कपको समूह चरणमा खेल्ने अवसर पाउने छ ।

(तस्विरः त्रिभुवन आर्मी फुटबल क्लब)

Post Comments