News आफ्नै लोगो अंकित बस प्रयोग गर्दै पोखरा थन्डर्स
गोलनेपाल

पोखरा । नेपाल सुपर लिग (एनएसएल) मा सहभागि सात मध्ये एक टोली पोखरा थन्डर्सले लिग अवधिभर यातायातका लागि आफ्नै लोगो अंकित बस प्रयोग गर्ने भएको छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आउँदो बैशाख ११ देखि २५ गतेसम्मद शरथ रंगशालामा हुन गईरहेको सुपर लिगका लागि थन्डर्सले आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।

पोखरा थन्डर्सले आफ्ना लागि प्रयोग गर्न लागेको यो लोगो अंकित बसले नेपाली फुटबलको थप व्यवसायीकता थप्ने विश्वास लिएको छ । क्लबले चालेको यो नयाँ प्रयोगले खेलाडीहरु पनि उत्साहित छन् ।

टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने छन् भने मार्की प्लेयर नवयुग श्रेष्ठ रहेका छन् । त्यसबाहेक टोलीमा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ सहित अहिले चल्तीका नितिन थापा मगर, अजित भण्डारी, दिप कार्की, राजेश परियार जस्ता खेलाडीहरु पनि छन् ।

नेपाली फुटबलको इतिहास मै पहिलोपटक हुन गईरहेको फ्रेन्चाईज फुटबल लिगमा पोखरा बाहेक काठमाडौं रेजर्स, ललितपुर सिटी, धनगढी एफसी, बिराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी र एफसी चितवन गरि विभिन्न शहरका सात टोलीहरु सामेल छन् ।

 

Post Comments