News प्रभावशाली जितका साथ नेपालको साग फुटबलको यात्रा शुरु
गोलनेपाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ नेपाली यु–२३ टोलीले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको लिग चरणको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को जित निकाल्यो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल गरे ।

खेल शुरु भएको पाँचौं मिनटमै विपक्षी डिफेन्डरको गल्तीको फाईदा उठाउँदै सुजलले पहिलो गोल गरे भने ५०औं मिनटमा त्यो अग्रता दोब्बर पारे । त्यस्तै ६६औं मिनटमा अभिषेक रिजालले नेपालका लागि तेस्रो गोल गर्दा ७७औं मिनटमा मिचेन तामाङले चौथो गोल गर्दै घरेलु टोलीको प्रभावशाली जित पक्का गरे ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । पुरुष फुटबलमा सार्क राष्ट्रका कुल ५ टोलीहरुले सहभागिता जनाइरहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

Post Comments