News लुम्बिनी खुकुरीको जितसँगै सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

मंगलबार लुम्बिनी खुकुरी क्लबले जित हात पारेसँगै जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमफाइनल समिकरण पनि पूरा भएको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा लुम्बिनी खुकुरीले रानीगंज युवा क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा म्यान अफ द म्याच लुम्बिनी खुकुरी कै गोलरक्षक युगल थापा घोषित भए ।

लुम्बिनी खुकुरीले अब दोस्रो सेमिफाइनलतर्फ बिहीबार बलियो फर्साटिकर युवा क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत मंसिर १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब र न्यु एभरेष्ट युवा क्लबबीच हुने खेल संयोजक कमल परियारले बताए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments