
सर्लाहीमा सम्पन्न पाँचौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको बिजेता हेटौंडाको पिप्ले युवा क्लवले खेलाडीलाई सम्मान गरेको छ ।
बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै क्लवले खेलाडी एवम् प्रशिक्षक र म्यानेजरलाई नगद एवम् प्रमाणपत्र सहित सम्मान गरेको हो । सोमबार भएको फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई सडनडेथमा पराजित गर्दै पिप्लेले उपाधीसहित नगद १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।
पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष बानियाँले पिप्ले युवा क्लवलाई कहिल्यै पनि आर्थिक अभाव हुन नदिने उद्घोष गरे ।
कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख दाहालले कोरोना विमा वापत प्राप्त रकम बाट निर्माणाधीम रंगशाला निर्माणको लागि १० हजार रुपैयाँ प्रदान गरेका छन्।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा