News स्पोर्टिङ क्लबलाई ब्रिटिश सेनाहरुबाट खेल सामाग्री उपलब्ध
गोपाल काफ्ले

फुटवल खेल र खेलाडीको हैसलाका लागि ब्रिटिश सेनामा कार्यरत फुटवल प्रेमी युवाहरुले स्पोर्टिङ क्लबलाई खेलकुद सामग्री उपलब्ध गरेका छन ।

मोरङको पथरीशनिश्चरेबाट ब्रिटिश सेनामा भर्ति भएका ८ युवाहरुले ६२ हजार बरावरको खलकुद सामाग्री उपलब्ध गराका हुन । स्पोर्टिङ क्लबबाट लामो समय खेल खेल्का सेनाहरुले खेलाडीको हैसला र खेलका विकासका लागि खेल सामाग्री पढाएका हुन ।

ब्रिटिश सेनामा कार्यरत जिवन राईको नेतृत्वमा पथरी स्पोर्टिङ क्लबका खेलाडीलाई चाहिने बिभिन्न प्रकारका ट्रेनिङ सामग्रीहरु क्लवलाई हस्तान्तरण गरिएको छ । उत्त सामाग्री पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईको कल्वका खेलाडी, कोच र कोषाध्यक्ष कुल बहादुर गुरुलाई हस्तान्तरण गनु भएको छ ।

ब्रिटिश सेनामा कार्यरत जिवन राई सहित सन्जोक राई, सागर राई, पुकार राई, सुर्य मान राई, निरोज लिम्बु, बिकाश राई र सचिन चोङ्बाङले ६२ हजार बराबरको ट्रेनिङ सामग्री उपलब्ध गरेका हुन ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप कुमार राइले खेल र खेलाडीको विकासका लागि ब्रिटिश सेनामा कार्यरत युवाहरुको सहयोगीको प्रसंसा गदै नगरले खेल सामाग्री र खेलाडीको ड्रेस चेन्जका लागि खेल मैनानमा भवन निमार्ण गर्ने बताउनु भएको छ ।

Post Comments