News एफसी चितवनले भित्रायो इजिप्शयन खेलाडी
गोलनेपाल

काठमाडौं । पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाइ रहेको फ्रेन्चाईज टोली एफसी चितवनले दुई इजिप्शियन खेलाडीलाई अनुवन्ध गरेको छ ।

क्लबले अहमद मोहमद गबाला र एल सैयद शबानलाई शुक्रबार अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएको छ । यी दुवै खेलाडीलाई के कति रकममा अनुवन्ध गरिएको हो, त्यो भने क्लबले खुलाएको छैन ।

विदेशी कोटामा अनुवन्ध भएका यी दुवै इजिप्शियन खेलाडीको आगमनले एफसी चितवन थप बलियो बन्ने विश्वास क्लबले लिएको छ । स्मरण रहोस, आएमई ग्रुपको स्वामित्वमा रहेको एफसी चितवनको मार्की खेलाडीमा भरत खवास छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने अनुभवी मेघराज केसी रहेका छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगमा एन्फाको प्राविधिक सहयोग रहने पनि यसअघि नै बताइ सकिएको छ ।

आगामी जेष्ठ १ गतेसम्म चल्ने लिगका सबै खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछन् । लिगमा देशका विभिन्न सात शहरका फ्रेन्चाईज टोलीहरुले उपाधिका लागि भिड्ने छन् ।

Post Comments