News स्वतन्त्र एफसी रानीटारलाई १ लाखको उपाधि
रमेश समदर्शी
नवमी डाँडामा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि स्वतन्त्र एफसी रानीटारले चुमेको छ ।

तिजोग युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा  टु स्टार एफसी इम्बुङलाई १-० गोलले पराजित गर्दै रानीटारले उपाधि रक्षा गरेको हो ।

रानीटारका लागि महेश राईले खेलको २५औँ मिनेटमा गरेको गोल नै उपाधि रक्षाका लागि निर्णायक गोल बन्यो ।

प्रतियोगिताको बेस्ट किपर रानीटारका जीवन गुरूङ, बेस्ट डिफेन्स अर्जुन गुरूङ हुँदा म्यान अफ दी म्याच पनि रानीटारकै महेश राई घोषित भए । बेस्ट प्लेयर भने टु स्टारका विशाल राई बने ।

विजेता स्वतन्त्र एफसी रानीटारले नगद १ लाख १ हजार १११ पाउँदा उपविजेता टु स्टारले नगद ५० हजार ५५० र ट्रफीमा चित्त बुझायो ।
Post Comments