News श्रीलंका सुपर लिग शुरु
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र श्रीलंका पनि फुटबल इतिहास मै पहिलोपटक फ्रेन्चाईज फुटबलका रुपमा श्रीलंका सुपर लिग (एसएलएसएल) सोमबारदेखि शुरु भएको छ ।

कोलोम्बो स्थित सुगाथादसा स्टेडियममा भएको उद्घाटन खेलमा कोलोम्बो एफसीले न्यु योङ्स एससीलाई ४–० ले हराउँदै विजयी शुरुवात ग–यो । सोमबार नै भएको अर्को खेलमा रेड स्टार एफसीले ब्लु स्टार एससीलाई ४–२ ले हरायो ।

फुटबल फेडरेशन अफ श्रीलंकाको आयोजनामा शुरु सुपर लिगमा कुल १० फ्रेन्चाईट टोलीहरुले सहभागिता जनाएका छ्न । लिगको समापन भने ३० जुलाईका दिन हुने बताइएको छ ।

Post Comments