भोजपुर । गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देहीको जितसँगै चौथो भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुधबार भएको अन्तिम तथा चौथो क्वाटरफाइनलमा गोर्खा ब्वायजले रेड हर्ष एफसी, इलामलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
खेलमा गोर्खा ब्यायजले कठिन जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रेड हर्ष सम्हालिन नसक्दा गोल खान पुगेको थियो । निर्धारित समयको खेल सकिएर थपिएको इन्जुरी समयको पाँचौं मिनटमा अजित गुरुङले गोर्खा ब्वायजका लागि एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता अजित गुरुङ नै म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । गोर्खा ब्वायजले सेमिफाइनलतर्फ बैशाख १० गतेका दिन आयोजक भोजपुर एफसीसँग खेल्नेछ ।
प्रतियोगिता अन्तरगत बैशाख ९ गते बिहीबारको पहिलो सेमिफाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र भगवती स्पोर्टस क्लब, खोटाङबीच हुने आयोजकले जनाएको छ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा