News आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
गोलनेपाल

भोजपुर । सोमबारदेखि शुरु भएको आठौं मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब र लेटाङ फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा फेयर एफसीले भोजपुर–१० लाई २–० ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा फेयर एफसीकी आशिका कार्की प्लेयर अफ द म्याच बनिन् ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा लेटाङ एफसीले रिमाचोङ फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हरायो । खेलमा लेटाङकी कञ्चन बुढाथोकी प्लेयर अफ द म्याच बनिन् ।

प्रतियोगिताको पहिलो दिन जित हात पारेका फेयर एफसी र लेटाङ एफसी दुवै सेमिफाइनलमा समेत प्रवेश गरेका छन् । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी भोजपुर नगरपालिका, भोजपुरका मेयर कैलाश कुमार आले लगायतले गरेका थिए ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ६ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २३ गतेका दिन हुनेछ ।

Post Comments