News
भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
भोजपुर । यहाँ सम्पन्न नवौं ेमेयर भोजपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर जिल्ला फुटबल संघले जितेको छ ।
शनिबार भएको फाइनलमा भोजपुरले सातदोबाटो युथ क्लब, ललितपुरलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको भोजपुरले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता सातदोबाटोले ३ लाखमा चित्त बुझायो ।
भोजपुरका सन्तोष तामाङ फाइनल खेलको प्लेयर अफ द म्याच बने । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक भोजपुर कै समिर क्षेत्री बने । उत्कृष्ट प्रशिक्षक पनि भोजपुर कै बिनम श्रेष्ठ बने ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भोजपुरका दोर्जे तामाङ र सातदोबाटोका समिर तामाङले संयुक्त रुपमा हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने भोजपुरका बिबेक राई घोषित भए ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा
- सातदोबाटो युथ क्लब ललितपुर ९औं मेयर भोजपुर गोल्डकपको अन्तिम चारमा