भोजपुर । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन जारी चौथो भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भोजपुर स्थित टुंडिखेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा अफ्रिकनले भगवती स्पोर्टस क्लब, खोटाङलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । अफ्रिकनको जितमा एम्बाकोपले ह्याट्रिक गर्दै एक्लैले तीन गोल गरे ।
ह्याट्रिककर्ता एम्बाकोप म्यान अफ द म्याच मसेत घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख १० गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देही र आयोजक भोजपुर–११ बीच हुने आयोजकले जनाएको छ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा