News नेपाल श्रीलंका सँग बराबरी खेल्न वाध्य
गोलनेपाल

जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

दशरथ रंगशालामा भरिभराउ दर्शकहरुका बीच पहिलो हाफको ३७औं मिनटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता खेलको अन्तिम मिनटमा नेपालले गुमाउन पुग्यो । इन्जुरी समयको ९१औं श्रीलंकाका मोहमद अकिबले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । उनको प्रहार नेपालका गोलरक्षक बिकेश कुथुले जोगाउने प्रयास गरे तापनि बलले पोष्टको माथिल्लो दायाँ कुना च्यापेर जाली चुमेको थियो ।

मंगलबार मात्र भुटानलाई हराएको नेपालले अब थप दुई खेल माल्दिभ्स र बंगलादेशसँग खेल्न बाँकी छ । नेपालले आफ्नो आगामी खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । समूह चरणको आफ्नो पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई पनि गोलरहित बराबरीमा रोकेको थियो ।

शनिबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको नेपाल शिर्ष स्थानमा छ । त्यस्तै ३ अंक जोडेको भुटान दोस्रो स्थानमा छ भने २–२ अंक जोडेको माल्दिभ्स र श्रीलंका तेस्रो र चौथो स्थानमा छ । १ अंक जोडेको बंगलादेश भने पुछारमा छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् ।

Post Comments