News जिल्ला लिग छनौटः डिएमसी र सौभाग्यको लगातार दोस्रो जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी जिल्ला लिग छनौट फुटबल प्रतियोगितातर्फ डिएमसी र सौभाग्य युवा क्लबले आ–आफ्नो समूहमा लगातार दोस्रो हात पारेका छन् ।

समूह बी तर्फ डिंगरनगर स्थित जनज्योति खेलमैदानमा भएको खेलमा डिएमसीले क्रिश्चियन युथ क्लबलाई ३–० ले हरायो । यसअघि डिएमसीले आफ्नो पहिलो खेलमा सयपत्री युवा क्लबलाई समान ३–० ले हराएको थियो ।

त्यस्तै चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको समूह ए तर्फको खेलमा सौभाग्य युवा क्लबले माछापुच्छ्रे युवा क्लबलाई ४–२ ले हरायो । सौभाग्यले आफ्नो पहिलो खेलमा इन्टर स्पोर्टस क्लबलाई २–१ ले हराएको थियो ।

छनौट प्रतियोगितामा सहभागि कुल ९ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष एक–एक टोलीले गत सिजन जिल्ला लिगमा शिर्ष आठमा रहेका अन्य टोलीहरुसँग जिल्ला लिगको फाइनल राउण्ड खेल्न छनौट हुने लिग कमिटी संयोजक मुकेश कुँवरले बताए ।

जिल्ला लिगको छनौट प्रतियोगिताहरु भने यहि बैशाख १८ गतेसम्म चल्नेछ ।

Post Comments