काठमाडौं । खुकुरी नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जितको स्वाद चाखेको छ । सुपर लिगको आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग पराजित हुन पुगेको थन्डर्सले बुधबार बिराटनगर सिटी एफसीमाथि १–० को साँघुरो र महत्वपूर्ण जित निकाल्यो ।
दशरथ रंगशालामा भएको दोस्रो खेलमा थन्डर्सका लागि मार्की खेलाडी तथा टोलीका कप्तान नवयुग श्रेष्ठ निर्णायक रहे । श्रेष्ठले खेलको अन्तिमतिर ८३औं मिनटमा गरेको एक मात्र गोल थन्डर्सलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।
नवयुग नै खेलको सुपर प्लेयर अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे । यसअघि अंकविहीन रहेको थन्डर्सले बुधबारको खेलसँगै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको छ ।
सुपर लिगतर्फ बैशाख १६ गते बिहीबारको खेल ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।
(तस्विरः पोखरा थन्डर्स)
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै