News
सुपर लिगमा ललितपुरको तेस्रो बराबरी
काठमाडौं । ललितपुर सिटी फुटबल क्लबले जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आइतबार आफ्नो तेस्रो बराबरी खेलेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा लतिलपुरका प्रवेश कुँवर प्लेयर अफ द म्याच घोषित भए ।
यो बराबरीसँगै ४ खेलबाट ३ अंक मात्र जोडेको ललितपुर लिगतालिकाको छैटौं स्थानमा छ । पुछारमा छ भने २ अंकका साथ एफसी चितवन रहेको छ । उता ललितपुरसँग बराबरी खेलेको पोखरा थन्डर्स भने ५ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगिता अन्तरगत बैशाख २० गते सोमबारको एक मात्र खेल एफसी चितवन र बिराटनगर सिटी फुटबल क्लबबीच हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।

Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न