News ललितपुरद्वारा प्रशिक्षक हुमागाई बर्खास्त
गोलनेपाल

काठमाडौं । खुकुरी नेपाल सुपर लिगको फ्रेन्चाईज टोलीमध्ये एक ललितपुर सिटी एफसीले आफ्नो मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त गरेको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार हुमागाईंको बर्खास्तीबारे क्लबका मालिक कल्याण गुरुङले पनि पुष्टी गरेका छन् । क्लबका बोर्ड सदस्यहरुको अपेक्षाअनुसार टोलीलाई सफलता दिलाउन नसकेकै कारण हुमागाई बर्खास्तीमा परेको अनुमान गरिएको छ ।

खबरअनुसार हुमागाईको बर्खास्तीसँगै क्लबको जिम्मेवारी सहायक प्रशिक्षक राजु तामाङले लिने बताइएको छ । स्मरण रहोस, ललितपुरले आइतबार मात्र पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेपछि हुमागाई बर्खास्तीमा परेका हुन् । जारी सुपर लिगमा ललितपुरको यो चार खेलमा तेस्रो बराबरी थियो ।

सुपर लिगमा हालसम्म ललितपुर जितविहीन छ । ललितपुरले खेलेको आफ्नो चार खेलहरु मध्ये ३ खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ । साथै लिगतालिकामा ४ खेलबाट ३ अंक मात्र जोड्दै छैटौं स्थानमा छ । र पुछारको टोली एफसी चितवन भन्दा एक अंकले मात्र अगाडी छ ।

 

Post Comments