शुक्रबारदेखि शुरु दोस्रो भगिमान सिंह स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयोजक बिटीएफसीले विजयी शुरुवात गरेको छ ।
म्याङलुङ खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजकले डाँगीहाट फुटबल क्लबलाई सडन डेथमा हराउँदै सेमिफाइनल स्थान समेत पक्का गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
शुक्रबारको खेलमा आयोजक टोलीका सन्तोष फोम्बो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत मंसिर २१ गते शनिबारको खेल गाईघाट एफसी, उदयपुर र द योङ ब्रदर्श इटहरी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
भगिमान सिंह तुङबाहाङफे मेमोरियल ट्रष्ट, म्याङलु–२ तेह्रथुमको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर २६ गते हुनेछ ।
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि
- पाँचथरको दारिम्बा एफसीलाई मदन मेला महिला फुटबलको उपाधि