News बि डिभिजन खेलाडी मोहन तरामु सख्त घाइते; उपचारको लागि सहयोग अपिल !
गोलनेपाल

मोहन तरामु । फुटवल खेलका अब्बल खेलाडी हुन् । जो चिदिचौरमा फुटवलसंग कुद्दा कैयौले हुटिङ गर्थेे । कम बोल्थे । खेलमै धेरै परिश्रम गर्थे । त्यसैले उनी कुमारी र आरसिटी क्लवबाट बि डिभिजनमा राम्रो खेल खेले ।
 
त्यो बाहेक जिल्लामा रेसुंगा र पुल्चोक, फोर्टिन स्टार लगायतका क्लवमा थुप्रै खेलहरु खेलेका छन् । साथै कैयौ फुटवल प्रतियोगीतामा कोच र रेफ्रीको रुपमा काम गर्थे ।
 
मोहन देश र जिल्लाको खातिर कैयौ पटक खेल मैदानमा लडे । तर, हिम्मत लिएर त्यतिनै पटक उठे । अहिले अस्पतालको शैयामा ढलेका छन् । उनलाई उठाउने कसले ? परिवार आर्थिक समस्यामा कारण छटपटिएको छ । कस्तो बिडम्बना ! राष्ट्रको गहना खेलाडी अस्पतालको बेडबाट प्राण मागिरहेको छ । राजनैतिक दल कुर्सी मोहमा डुवेका छन् ।
 
कोभिड–१९ को संक्रमणको कारण अक्सिजन माग्दा माग्दै प्राण पखेरु त्यागेका छन् । उनलाई बचाउन परिवार र खेलाडीहरु सडकमा चन्दा संकलन गरिरहेका छन् । २६ बर्षीय मोहन सत्यवति ३ ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका थिए ।
 
उनी शुक्रबार खोलामा पौडी खेल्न खोला झरे । पौडी खेल्न क्रममा टाउको ढुङामा ठोकिएर गम्भीर चोट लाग्यो । उनको अहिले छातीदेखि तलको भाग चल्दैन् । अचेत जस्तै छन् ।
 
मोहनका बुवा पुर्ण बहादुर तरामुले भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए । ‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ,’उनले भने,‘पैसा जुटाउनै नसकेर केहि भन्न सकेको छैन ।’
 
बेडबाट उठेर मोहनले मैदानमा फेरि गोल हानेको देख्न अहिले सवैले सहयोग गर्नुको बिकल्प छैन् ।

नेपाल पत्रकार महासंघ गुल्मीले मोहनको लागि २५ हजार आर्थिक सहयोग गरेर सवैलाई उपचारमा सहयोग गर्न आव्हान गरेको छ । महासंघले खेलाडीको सम्पूर्ण उपचार सरकारले गर्न ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले खेलाडी घाइते भएको बिषयमा प्रहरीलाई समेत जानकारी नभएकाले आफुले उपचारको बिषयमा समन्वय र सहजीकरण गर्ने बताइन् ।

गोलनेपालले पनि मोहनको उपचारको लागि सहयोग गर्नेछ।



टोपलाल अर्याल गुल्मी
Desdarshan.com

Post Comments