काठमाडौं । देशका लागि खेल्दाखेल्दै चोटिल बनेका राष्ट्रिय खेलाडी आशिष राईले आफ्नो रोदनसहित उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।
इटहरी–२, सुनसरीका स्थायी वासिन्दा आशिष राईले गत २०८१ साल फागुन ३ गते दशरथ रंगशालामा सम्पन्न चिनीया टोली विरुद्ध नेपालको यु–२३ टोलीबाट सहभागि भई मैदानमा उत्रिएका थिए ।
खेलकै क्रममा उनी गम्भिर घाईते भए । सोही दिन बिएण्डबी अस्पतालमा उनको दुई पटक शल्यक्रिया भयो । त्यसपश्चात् एक वर्षपछि तेस्रो शल्यक्रिया पनि बिएण्डबी अस्पतालमै गर्नुपर्यो ।
यद्यपि आशिषको चोटको पिडा त्यति मै रोकिएन । सम्बन्धित निकाय र एन्फाले पनि उनको उपचारमा गम्भिरता नदेखाउँदा उनको चोटको पिडा भौतिक र मानसिक रुपमा अझै बल्झिन पुग्यो ।
यद्यपि अहिलेको सरकार र सबै समर्थकहरुसँग पनि आशिष राई आशावादी छन् । सबैको साथ र सहयोगले उनी फेरि मैदानमा फर्कन चाहन्छन् । राई भन्छन्, “बालेन दाइ र सम्पूर्ण नेपाली फुटबल फ्यानहरूले सहयोग गरिदिनु होला ।”
उनको सहयोगका लागि टिम गोलनेपालले उनीसँग कुराकानी गरेको छ । हाल उनी उपचारका लागि बैंककमा रहेका छन् । राईले बालेन सरकार तथा सम्पूर्ण नेपाली फुटबल समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन् ।
उनका अनुसार खुट्टाको उपचारमा एन्फाबाट लापरबाही भएको थियो । एन्फाले १० लाख रुपैयाँ सहयोग गरे पनि त्यो रकम उनको उपचारका लागि पर्याप्त नभएको उनले बताएका छन् ।
अहिले उनी बैंककमा लामो समय बस्दै पुनस्र्थापना (रिह्याब) गर्न चाहिरहेका छन् । उनलाई सहयोग गर्न चाहनुहुन्छ भने तल राखिएको उनको बैंक अकाउन्ट क्युआर कोड प्रयोग गर्न सक्नुहुन्छ ।
आशिष राईको बैंक

- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?