News महिला फुटबलमा माल्दिभ्सलाई ऐतिहासिक पदक
गोलनेपाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ माल्दिभ्सले ऐतिहासिक पदक जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ ले हराउँदै काँश्य पदक जित्न सफल भयो ।

सार्क राष्ट्रका कुल चार टोलीहरु सम्मिलित प्रतियोगितामा माल्दिभ्सले कुल ३ अंक जोड्यो र तेस्रो बन्दै काँश्य पदक जित्न सफल भयो । अंकविहीन श्रीलंका भने पुछारमा रह्यो ।

त्यस्तै प्रतियोगिता अन्तरगत शनिबार नै पोखरा स्टेडियममा २ बजेदेखि लिग चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्ददै छन् । फाइनलमा पनि यी दुई टोली नै आमने सामने हुने पक्का भईसकेको छ । महिला फुटबलतर्फको फाइनल खेल भने सोमबार हुनेछ ।

Post Comments