News नेपाल सागको फाइनल नजिक
गोलनेपाल

तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ शनिबार महत्वपूर्ण जित निकाल्यो ।

दशरथ रंगशालामा भरिभराउ दर्शकका बीच नेपाली टोलीले माल्दिभ्स विरुद्ध २–१ को प्रभावशाली जित हात पार्दै फाइनल प्रवेशको सम्भावना समेत बलियो बनायो ।

शनिबार १८औं मिनटमै बक्स भित्र अनमार्क रहेका इब्राहिम होसेनले माल्दिभ्सका लागि शुरुवाती गोल गरेका थिए । तर पहिलो हाफ कै ४३औं मिनटमा अभिषेक रिजालले नेपालका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५२औं मिनटमा अनन्त तामाङले दोस्रो तथा निर्णायक गोल गरेपछि नेपालको जित पक्का भएको थियो । यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ र सोमबार ४ अंक जोडेको बंगलादेशसँग निर्णायक खेल खेल्दैछ ।

त्यो खेलमा नेपालले जित हात पारे घरेलु टोलीको फाइनल स्थान पक्का हुनेछ ।

Post Comments