News थ्रीस्टारका तीन खेलाडीले गरे सम्झौता नवीकरण
गोलनेपाल

काठमाडौं । नपाली घरेलु फुटबलमा सफल र चर्चित बनेको थ्रीस्टार क्लबले आफ्ना महत्वपूर्ण तीन खेलाडीहरुसँगको सम्झौता नवीकरण गरेको छ ।

सम्झौता नवीकरण गर्ने ती खेलाडीहरुमा राष्ट्रिय फुटबल टोलीका सदस्यहरु अनन्त तामाङ, सन्जोक राई र निशान खड्का रहेका छन् ।

यी तीन खेलाडीहरुको सम्झौता नवीकरण गरिएकोबारे थ्रीस्टार क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पुष्टी गरेको छ । यद्यपि यी तीनै खेलाडीहरुसँग गरिएको सम्झौता अवधी र रकमबारे भने क्लबले केही खुलाएको छैन ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि आउँदो कार्तिक २९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरिसकेको छ । साथै यसपटक लिग विजेताले पाउने पुरस्कार रकममा पनि बृद्धि गरिएको छ । जसअन्तरगत लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ ।

लिगमा यसपटक १४ क्लबहरुले लिग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । गत सिजनको लिग उपाधि भने मच्छिन्द्र क्लबले जितेको थियो ।

 

Post Comments