काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिताका खेलहरुको मिति, समय र खेलस्थलबारे घोषणा गरेको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले खेल्ने मिति, समय र खेलस्थलबारे पनि एएफसीले मंगलबार घोषणा गरेको छ । जसअन्तरगत नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग १८ सेप्टेम्बरका दिन खेल्नेछ भने २१ सेप्टेम्बरका दिन हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलका रुपमा फिलिपिन्स र हङकङबीचको खेल २४ सेप्टेम्बरका दिन हुनेछ ।
जुन खेलहरु उज्वेकिस्तानको तश्केन्ट स्थित जार स्टेडियममा हुनेछन् । त्यस्तै समूह एफका खेलहरु स्थानीय समयअनुसार अपरान्ह ३ बजेदेखि शुरु हुनेछन् । जुन नेपाली समयअनुसार ३ः४५ बजे हुनेछ ।
समूहको शिर्ष स्थानमा रहने टोलीले आगामी जनवरी २० देखि ६ फेब्रुअरीसम्म भारतमा हुने एएफसी वुमन्स एसियन कपमा सहभागिता जनाउने छ । आयोजकको हैसियतले भारतले यसअघि नै प्रतियोगिताका लागि छनौट भईसकेको छ । जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।
स्मरणीय छ, छनौट प्रतियोगिताका लागि नेपाली टोलीले पनि आफ्नो तयारी शुरु गरिसकेको छ । र हाल बन्द प्रशिक्षणमा समेत छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्स छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै