News १औं साग महिला फुटबलको फाइनल आज, नेपाललाई इतिहास रच्ने अवसर
गोलनेपाल

जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ आज नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि फाइनल खेल्दैछ ।

फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे हुँदैछ ।

नेपालले अहिलेसम्म सागको महिला फुटबलमा स्वर्ण जित्न सकेको छैन । गत संस्मरणको पनि फाइनलमा पुगेको नेपालले भारतसँगै हार बेहोरेको थियो । जारी प्रतियोगिताको लिग चरणमा पनि भिड्दा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले महिला फुटबलमा भारतलाई कुनै पनि खेलमा हराउन नसकेको नमिठो इतिहास छ । सोही इतिहासलाई तोड्ने आज अर्को अवसर पनि नेपाली चेलीहरुसँग छ ।

साँच्ची नै नेपाली महिला फुटबल टोलीले आज इतिहास रच्दै स्वर्ण पदक जित्न सक्ला त ? त्यो भने आज पोखरा रंगशाला मै खेल शुरु हुनु नहुँदासम्म प्रतिक्षाको बिषय बनेको छ ।

Post Comments