News आरसी३२ एकेडेमीको फराकिलो जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौटतर्फ सुर्खेतको टोली आरसी३२ एकेडेमीले फराकिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्समा स्म्पन्न खेलमा आरसी३२ ले भर्सिटी एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो ।

त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स मै सम्पन्न भएको अर्को खेलमा मेहलकुना एफसी र वेस्ट काठमाडौं एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।

अखिल नेपाल फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरिका ७८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताबाट कुल ३ टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

Post Comments