News गोलरक्षक सुर्य पनि मच्छिन्द्र मै रहने
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले गोलरक्षक सुर्य अधिकारीसँग पनि यो सिजनका लागि सम्झौता नवीकरण गरेको छ ।

गत सिजन मच्छिन्द्रबाट खेल्दै लिग जितेका अधिकारीले यस सिजनका लागि फेरि मच्छिन्द्रसँगै सम्झौता गरेको कुरा खुलाए । “यो सिजनको लागि नयाँ सम्झौता गरेको छु । लिग च्याम्पियनसँगै फेरि सिजनको शुरुवात गर्न पाउँदा उत्साहित छु ।” अधिकारीले सम्झौतापछि प्रतिक्रिया दिंदै भने ।

गोलरक्षक अधिकारीसँग सम्झौता नविकरण गरिएको कुरा मच्छिन्द्रले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमाफृत पुष्टी गरेको छ । अधिकारीले केही महिना अघि सम्पन्न फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीका लागि खेलेका थिए ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिग यस बर्ष आगामी कार्तिक २९ गतेदेखि शुरु गर्ने घोषणा गरिसकेको छ । साथै यस सिजन लिग च्याम्पियनले उपाधिसहित बृद्धि गरिएको रकम नगद ७५ लाख पुरस्कार समेत हात पार्नेछ ।

 

Post Comments