News
महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काको राजिनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि पदीय जिम्मेवारीबाट राजिनामा दिएका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार नेपाललाई स्वर्ण पदक जिताउनबाट चुकेका खड्काले आफ्नो प्रशिक्षकीय जिम्मेवारी छाडेका हुन् ।
सोमबार महिला फटुबलतर्फ स्वर्णका लागि भएको फाइनल भिडन्तमा नेपालले भारतसँग २–० को हार बेहोरेको थियो । स्मरण रहोस, प्रशिक्षक खड्का कै जिम्मेवारी नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनौट तथा महिला साफ च्याम्पियनसिप खेलेको थियो ।
घरमै आयोजना भएको महिला साफ च्याम्वियनसितर्फ पनि नेपाल उपविजेता बनेको थियो । त्यतिबेला पनि नेपाली महिला फुटबल टोली भारतसँगै पराजित भएको थियो ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)