काठमाडौं । नेपाली फुुटबलमा खेलाडीसँगै सफल प्रशिक्षकको भूमिकामा पनि आफूलाई प्रमाणित गरिसकेका बालगोपाल महर्जनले नयाँ जिम्मेवारी पाएका छन् ।
अखिल नेपाल फुुटबल संघ (एन्फा) ले महर्जनलाई नेपालको यु–२३ फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी दिएको छ । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा रोजित केसी छन् भने गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी ललित चन्दले पाएका छन् ।
नेपालले आउँदो अक्टुबरदेखि शुरु हुन गईरहेको एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता प्रतियोगिता खेल्दैछ । छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले बलियो इरान, ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ ।
नेपालले अक्टुबरब २५ तारीखका दिन इरानसँग खेल्नेछ भने २८ तारीखका दिन ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल अक्टुबर ३१ तारीखका दिन लेबनानसँग खेल्नेछ ।
छनौट प्रतियोगिता अन्तरगत समुह बीका सबै खेलहरु ताजिकिस्तानमा हुनेछन् । स्मरण रहोस, एएफसी यु–२३ एसियन कपको पाँचौ संस्करण आगामी बर्ष उज्वेकिस्तानमा हुँदैछ ।
यसअघि यो प्रतियोगिता एएफसी यु–२३ च्याम्पियनसिपको नाममा आयोजना हुँदै आएको थियो ।।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै