काठमाडौं । नेपालसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्न बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौं ओर्लिए लगतै बंगलादेशी फुटबल टोलीको पिसिआर परिक्षण गरिएको थियो ।
सबैको रिपोर्ट मंगलबार आउने र रिपोर्ट आएपछि बंगलादेशी महिला फुटबल टोलीले अभ्यास शुरु गरिहाल्ने बताइएको छ । नेपाल र बंगलादेशबीच यहि भदौ २४ र २७ गतेका दिन दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच हुँदैछ ।
सो मैत्रीपुर्ण फुटबल म्याचका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य समेत तोकिसकेको छ । जसअनुसार दर्शकहरुका लागि सामान्यतर्फ २०० र भिआइपीतर्फ ५०० टिकट मुल्य तोकिएको छ । साथै उक्त टिकटहरु प्रभु पे मार्फत डिजिटल रुपमा पनि खरिद गर्न सकिने छ ।
स्मरण रहोस, नेपाल र बंगलादेश दुवै टोली यहि महिना हुन गईरहेको एएफसी वुमन्स एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा छन् । जसअन्तरगत समूह एफमा रहेको नेपालले हङकङ र फिलिपिन्ससँग खेल्नेछ भने समूह जीमा रहेको बंगलादेशले जोर्डन र इरानसँग खेल्ने कार्यक्रम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै