News
ए डिभिजन फुटसल लिगको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी असोजको पहिलो सातादेखि शुरु हुने शहिद स्मारक ए डिभिजन फुटसल लिगको खेलतालिका सार्वजनिक गरेको छ ।
एन्फाले मंगलबार एक कार्यक्रमको आयोजना गरि फुटसल लिगको खेलतालिका सार्वजनिक गरेको हो । असोज दुई देखि असोज २२ गतेसम्म चल्ने फुटसल लिगका सबै खेलहरु पोखरामा हुनेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा द राईजिङ क्लब धरान र स्काई गोल्स, काठमाडौं भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा स्पोर्टस क्यासल, पोखरा र प्रभातफेरि युथ क्लब भिड्ने छन् ।
प्रतियोगितामा ६ क्लबका दश टोलीहरुले सहभागिता जनाउँदैछन् । फुटसल लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भन् उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
हेर्नुहोस खेलतालिकाः




Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै