News रोहितको आत्मघाती गोलले रोकियो जकार्ता (भिडियोसहित)
गोलनेपाल

काठमाडौं । नेपाली स्टार रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन सुपर लिगतर्फ नयाँ सिजनको आफ्नो लगातार दोस्रो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा रोहितले आत्मघाती गोल गर्न पुग्दा जकार्ताले पिएसआइएस सेमाराङसँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

खेलमा दुई गोलको स्पष्ट अग्रता लिएर पनि जकार्ताले दुर्भाग्यपुर्ण रुपमा बराबरी खेल्न पर्यो । पहिलो हाफको इन्जुरी समयमा ओटाभियो दुत्राले जकार्तालाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफ शुरु भएको चार मिनट लगतै मार्को सिमिकले जकार्ताको त्यो अग्रता दोब्बर पारे ।

तर सेमाराङले खेलमा पूनःरागमन गर्यो । खेलको ७१औं मिनटमा हरि नुरले सेमाराङका लागि पहिलो गोल फर्काए । त्यसपछि जकार्ता जित कै संघारमा पुगेको बेला ८८औं मिनटमा रोहितले आत्मघाती गोल गर्न पुग्दा जकार्ता बराबरीमा रोकिन पुग्यो ।

यो नतिजापछि २ खेलबाट २ अंक जोडेको जकार्ता लिगतालिकाको १४औं स्थानमा छ । उता सेमाराङ ४ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै ६ अंक जोडेको साविक विजेता बाली युनाइटेड भने शिर्ष स्थानमा छ ।

Post Comments