News फुटसल विश्वकप शुरु, गत संस्करणको उपविजेता रसियाको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन मुलुक लिथुआनियामा फिफा फुटसल विश्वकपको नवौं संस्करण आइतबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन समूह बी तर्फ गत संस्करणको उपविजेता रसियाले इजिप्टमाथि ९–० को जित निकाल्यो । समूह बी मै रहेको एसियाली राष्ट्र उज्वेकिस्तानले ग्वाटेमालासँग ५–४ को पराजय बेहोर्यो ।

त्यस्तै समूह ए तर्फ कजाखस्तानले कोस्टारिकालाई ६–१ ले हरायो भने सोही समूहमा रहेको आयोजक लिथुआनियाले भेनेजुएलासँग १–२ को हारको सामना गर्नुपर्यो ।

प्रतियोगितामा एसियाबाट इरान, जापान, उज्वेकिस्तान, थाइल्याण्ड र भियतनामले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ६ टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

अक्टुबर ३ तारीखसम्म चल्ने प्रतियोगिताको गत संस्करणको उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले पहिलोपटक जित्न सफल भएको थियो ।

 

Post Comments